Events

चण्डेश्वरी साकोसको आयोजनामा ३२औँ पाम वर्कशप सम्पन्न

2024-05-29

बनेपा

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कुन) को प्राविधिक सहयोगमा जेष्ठ १६ गते एक्सेस बागमती प्रथम समुहको ३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । संस्थाको अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्युको सभापतीत्व र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ( प्रोस्कुन ) का अध्यक्ष श्री उद्धब प्रसाद सापकोटाज्यूको प्रमुख आतिथ्यतामा सो गोष्ठी सम्पन्न भएको छ । सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने तथा कार्यकुशलता व्यवस्थापन गर्दै जाने उद्धेश्यका साथ सो कार्यशाला सम्पन्न भएको थियो । गोष्ठिमा बचत तथा ऋण कारोबार गर्ने काभ्रे, दोलखा, नवलपरासी, मन्थली र भक्तपुर जिल्लामा संचालित १० वटा सहकारीका अध्यक्ष, पदाधिकारी, प्र.का.अ. लगायतका प्रतिनिधिहरुको उपस्थीतिमा सो साकोसहरुले गर्दै आएका बिभिन्न कार्यहरु, असल अभ्यासहरु र हालको बित्तिय अवस्थाको बारेमा बृहत छलफल गरिएको थियो । आजको अवस्थामा सहकारीमा सुशासन र सुरक्षित भौतीक संरचनाको विषयमा छलफल केन्द्रित रहेको थियो । संस्थामा सुशासन र दिगो सुरक्षाको लागि गोष्ठि मार्फत १७ वटा निर्णयहरु गरेर छलफल समाप्त गरिएको थियो । साथै प्लास्टीक जन्य झोलाले वातावरणमा पार्ने असरलाई कम गर्ने उद्येश्यका साथ चण्डेश्वरी साकोसले कपडाको वातावरणमैत्री झोला पनि वितरण गरेको थियो ।

कार्यक्रमको सहजीकरण नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत श्री पे्रमनाथ वाग्लेज्यूले गर्नुभएको थियो । समापन कार्यक्रम नेफ्स्कुनका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूको उपस्थीति रहेको थियो ।