Events

अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न

2026-03-17

Banepa

सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने क्रममा मिति ः २०८२ चैत्र ०३ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था बनेपामा धुलिखेल ४ स्थीत अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था मार्फत सहकारी अवलोकन भ्रमण सम्पन्न भएको छ । अटल पाँचकुण्ड साकोसका उपाध्यक्ष श्री जनक तिमल्सीनाज्यु नेतृत्व को ६ जना टोली सदस्यज्यूहरु मार्फत सहकारीका वर्तमान अवस्था तथा असल अभ्यासहरुको आदन प्रदान गरी अवलोकन भ्रमण सम्पन्न भएको हो ।