Events

ऋण प्रबद्र्धण तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अ भिमुखीकरण कार्यक्रम सम्पन्न 2082-08-19

2025-12-05

Head Office- Banepa 8, Tindobato

मिति २०८२ मंसीर १९ गते शुत्रबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण प्रबद्र्धण कार्यक्रम तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाको कार्यालय प्रमुख श्री रबिन्द्र भक्त पोटे, ऋण बिभाग प्रमुख श्री रमेश श्रेष्ठ, बचत तथा प्रबद्र्धण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ तथा समुह बचत उप समिति सदस्य श्री कृष्णेश्वरी बैद्यको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आबद्ध महिला सदस्यज्यूहरुलाई महिला उद्यम ऋण तथा समुह बचत सम्बन्धि अभिमुखीकरण गरीएको थियो । अभिमुखीकरण पश्चात दुईतर्फि अन्र्तक्रियात्मक छलफल गरी कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बचत तथा प्रबद्र्धण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ मार्फत भएको थियो ।