घर दैलो सहकारी शिक्षा तथा सदस्य बृद्धि कार्यक्रम
2023-02-01
बनेपा १० शान्तिनगर, ईटाभट्टायस चण्डेश्वरी साकोसको घरदैलो सहकारी शिक्षा तथा सदस्यता बृद्धि कार्यक्रम मिति २०७९ माघ २८ गते बनेपा १० शान्तिनगर, ईटाभट्टा क्षेत्रमा सम्पन्न भएको छ । सस्थाको महिला बिकास उप समितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा बनेपा १० शान्तिनगर क्षेत्रको स्थानिय बासिन्दा लाई सहकारी सम्बन्धि शिक्षा प्रदान गरिएको थियो । कार्यक्रममा १३ जना नयाँ सदस्य र ४ जना नयाँ बाल सदस्य संस्थाको सदस्यता लिनु भएको थियो । कार्यक्रमको संयोजन समुह बचत उप समिति का संयोजक रुकमणी राज भण्डारी ले गर्नु भएको थियो । संस्थाको संचालक सदस्य मनोहरी पोटे, समुह बचत उप समिति सदस्य सुरज प्रजापती, बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठ, कर्मचारी मिरा कृुटुवाजु, प्रमोद श्रेष्ठ को उपस्थीती मा सो कार्यक्रम सम्पन्न भएको थियो ।