चालु आ.ब. २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न
2023-02-10
बनेपा वडा नं. ०8,चालु आ.ब. २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिकमा भएका कृयाकलापहरुको समिक्षा गरि संस्थाको कारोवार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यकासाथ बैठकको आयोजना गरिएको हो । बैठकमा संस्थाको बर्तमान अवस्था, अर्ध बार्षिक बिक्तिय लक्ष्य र त्यसको प्रगतीको वारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री झलेन्द्र प्रसाद दाहालले प्रस्तुती दिनु भएको थियो । बैठकमा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उप समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र बिभागित प्रमुखहरु को सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिब श्री बुद्ध रत्न मानन्धर ज्यु ले गर्नुभएको थियो ।