बित्तिय साक्षरता तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न Subbagaun
2026-04-01
Subbagaunयस संस्थाको बार्षिक कार्ययोजना अनुरुप शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री बद्रिनाथ बादेज्यूको संयोजकत्वमा आज मिति २०८२ चैत्र १८ गते पनौती ५, सुब्बागाँउ स्थीत श्री ग्रामोदय आधारभुत बिद्यालयमा स्थानीय सदस्यहरुको सहभागीतामा बित्तिय साक्षरता तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्युले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बिभागीय प्रमुख श्री सत्य नारायण श्रेष्ठज्यूले गर्नु भएको थियो । कार्यक्रममा ४६ जना सदस्यहरुको सक्रिय सहभागीता रहेको थियो ।
English
Nepali
