Events

बित्तिय साक्षारता तालिम कार्यक्रम २०७९-०५-१७

2022-09-02

बनेपा वडा नं. ५, चण्डेश्वरी

मिति ः २०७९-०५-१७ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत शिक्षा तथा समाज कल्याण उप समिति र बचत तथा प्रबद्धन बिभागको सह–आयोजनामा बनेपा वडा नं. ५, चण्डेश्वरी स्थीत लक्ष्मी क्याटेरिङ मा यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्यु को अध्यक्ष्यतामा बित्तिय साक्षारता तालिम कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री पुर्ण पोटे, सदस्य श्री ज्योत्सना संैजु र रिता बादे ज्यू र समुह बचत उप समितिका संयोजक श्री रुकमणी राजभण्डारी ज्युको उपस्थीती रहेको थियो । शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री पुर्ण पोटे ज्यु, यस संस्थाका प्र.का.अ श्री झलेन्द्र दाहाल ज्यू र शिक्षा तथा समाज कल्याण उप समिति सदस्य श्री रिता बादे ज्यूको आसन ग्रहण संगै कार्यक्रमको सुभारम्भ भएको थियो । कार्यक्रम बिहानीको ११ः३० मा सुरु भएको थियो । कार्यक्रमको मुख्य उद्धेश्य भनेको संस्थामा आवद्ध सदस्यहरुलाई बित्तिय शिक्षा तथा सहकारी शिक्षामा दक्ष बनाएर बित्तिय रुपमा शसक्तिकरण गर्ने रहेको थियो ।
कार्यक्रमको बारेमा आम जनसमुदाय बाट सकारात्मक बिचार प्रस्तुत भएको देखिन्छ । कार्यक्रमका कारण चण्डेश्वरी समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा यस संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा लगाब लिएको देखिन्छ । निश्त्रिय सदस्यलाई सक्रिय बनाउन तथा आगामि दिनहरुमा नयाँ सदस्य बन्न पनि यो कार्यक्रमले महत्वपुर्ण भुमिका निभाउने देखिन्छ ।

Recent Event