Events

राहत रकम वितरण कार्यक्रम

2023-03-20

संस्थाको भवन

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत आज मिति २०७९ चैत्र ६ गते  संस्थाको भवनमा छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यु मार्फत राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ८, निवासी तुल्सी सुलु मानन्धर सदस्यता नं। ००१०१००१६ को असामयिक निधन भएकोमा मृत्यु राहत बापत दिवंगत सदस्यको हकवाला श्री यम कुमारी मानन्धर लाई रु १८,०००।– राहत रकम प्रदान गरिएको छ । त्यस्तै बनेपा वडा नं. ८, निवासी सुर्य प्रसाद प्रधान सदस्यता नं. ०१००२७५५ को असामयिक निधन भएकोमा मृत्यृ राहत बापत दिवंगत सदस्यको हकवाला श्री सुजल प्रधान लाई रु ३०,०००।– राहत रकम प्रदान गरिएको छ ।बनेपा ८, निवासी शेयर सदस्य श्री अप्सरा श्रेष्ठ (सदस्यता नं. ००१००५१३१) को मुटु को भल्व फेरि उपचार गराईरहनु भएको हुँदा संस्थाको योगदानमा आधारित राहत योजना कार्यक्रम अन्तर्गत संस्थाको तर्फबाट रू. ३५,०००।– उपचार राहत हस्तान्तरण गरिएको छ, बनेपा ५, निवासी शेयर सदस्य श्री रोशनी कायष्ठ (सदस्यता नं. ००१०१०१०३) को संस्थाको योगदानमा आधारित राहत योजना कार्यक्रम अन्तर्गत सुत्केरी पौष्टिक आहार राहत स्वरुप संस्थाको तर्फबाट रू। २,५००।–  हस्तान्तरण गरिएको छ  बनेपा वडा नं. ४ निवासी श्री कृष्ण कुमार श्रेष्ठ सदस्यता नं. ००१००१३१३ को घातक रोग उपचारका लागि रु ३५,०००।– राहत रकम प्रदान गर्रिको छ । प्रसुती पौष्टिक आहार राहत अन्र्तगत बनेपा १, निवासी श्री नबिना श्रेष्ठ सदस्यता नं. ००१००७७९० लाई रु १,५००।– राहत रकम हस्तान्तरण गरिएको छ । संस्था उहाँहरुको स्वस्थ तथा सुरक्षित भबिष्य कामना गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।

#चण्डेश्वरी_साकोस_परिवार