बित्तिय_साक्षरता_तथा_सदस्य_बिस्तारित_भेला_कार्यक्रम
2023-10-11
बनेपा ०९ नयाँबस्तीयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरु तथा समुदायको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०८०।०६।२४ गते बुधबार बनेपा ०९ नयाँबस्ती स्थित श्री कृष्ण प्रणामी मन्दिर परिसरमा संस्थाका प्रमुख सल्लाहकार श्री बिकास बादे ज्यूको उपस्थीतिमा शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा बित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम को संचालन शिक्षा तथा समाज कल्याण उप समिति का सदस्य कृश्नेस्वोरी बैध्य ले संचालन गर्नु भएको थियो भने संस्था का उप समिति संयोजक श्री जितेन्द्र भक्त पोटे ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियोे । संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यू मार्फत कार्यक्रमको औचित्य बारे छोटो मन्तव्य सहित प्रकाश पार्नु भएको थियो । सस्थाका प्र.का.अ. श्री झलेन्द्र दाहाल ज्यु बाट बित्तीय ज्ञान सम्बन्धि बिशेष प्रस्तुति मार्फत कार्यक्रम संचालन गरियेको थियो साथै संस्थाको परिचय, सेवा, प्रबिधि, बर्तमान गरिविधि बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा ५६ जनाले सहभागिता जनाउनु भएको थियो ।
English
Nepali
