Events

सम्पत्ति_शुद्धिकरण_तथा_संस्थागत_सुशासन_तालिम_सम्पन्न

2026-06-07

Banepa

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो बार्षिक कार्ययोजना अनुरुप आजको समयमा महत्वपुर्ण बिषय सम्पत्ति शुद्धिकरण तथा संस्थागत सुशासन सम्बन्धि एक दिने आन्तरीक तालिम कार्यक्रम सम्पन्न गरेको छ । चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको सहजीकरणमा आयोजीत तालिम कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । संस्थाको शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री बद्रिनाथ बादेज्यूको संयोजन तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको अध्यक्षतामा कार्यक्रम संम्पन्न भएको थियो । नेफ्स्कुनका तालिम अधिकृत श्री सौभाग्य भट्टराईज्यू मार्फत ए.एम.एल. सम्बन्धि बिस्तृत रुपमा प्रशिक्षण दिनुभएको थियो । अहिलेको समयमा देशका सहकारीहरुमा मनी लाउण्डरीङ सम्बन्धिका खतरा तथा त्यसको निर्मुलिकरणका लागी सहकारीले ध्यान दिनुपर्ने जानकारीहरु प्रति तालिम पुर्ण रुपमा केन्द्रित रहेको थियो । वर्तमान समयमा सम्पत्ति शुद्धिकरण सम्बन्धि व्यवस्था, नियामक निकायहरुको निर्देशन तथा त्यसको परिपालना अन्र्तगतका छलफलहरु संलग्न रहेको एक दिने तालिम एकदमै फलदायी तथा प्रभावकारी रहेको छ । चण्डेश्वरी साकोस प्रशिक्षक श्री सौभाग्य भट्टराईज्यू तथा सम्पुर्ण नेफ्स्कुन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।