खुल्ला रक्तदान कार्यक्रम
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा ब्लड डोनर्श एशोशियसन नेपाल (ब्लोदान) काभ्रे शाखा तथा ने.रे.सो. रक्तसंचार सेवा काभ्रे शाखाको प्राविधिक सहयोगमा असोज १२ गते बुधबार बनेपा ०८, तिनदोबाटो चोकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । डेंगुको कारण र बडा दशैँको समयमा रगतको अभावलाई कमी गर्ने उद्धेश्यले आयोजित सो खुल्ला रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । संस्थाका अध्यक्ष नबिन भक्त बादे तथा बिभिन्न पदाधिकारी मार्फत रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सो कार्यक्रमका केहि झलकहरु
English
Nepali
