जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान कार्यक्रम
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले मातातिर्थ औँसीको अवसरमा संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सेयर सदस्यहरुलाई सम्मान कार्यक्रम गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थीत मध्य सबैभन्दा जेष्ठ सदस्य वर्ष ९० का गणेशमाया पोटे ज्यूलाई सम्मान गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । मातातिर्थ औँसीका अवसरमा सम्पुर्ण मातालाई सम्मान गरेकोमा नगर प्रमुख शाक्यज्यूले साकोसलाई धन्यबाद दिदैँ हामिले आमा बुबालाई कस्तो सम्मान गछौँ हाम्रा छोरा छोरीहरुले पनि त्यस्तै व्यवहार हामिलाई गर्ने भएकोहुदाँ जहिले आमाबुबालाई जिउँदो देउता समान सम्मान गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका महिला बिकास उप समिति संयोजक रोशना राजबंशी ज्यूले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार बिकास बादे ज्यू तथा सल्लाहकार बालभक्त प्रधान, इन्द्र नारायण भैल, हेमन्तराज प्रधान ज्यूलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापती तथा संस्थाको अध्यक्ष नबिन भक्त बादे ज्यूले संस्थाको बार्षिक कार्य योजना अनुसार उक्त कार्यक्रम गरिएको बताउनु भयो । संस्थाले ६० बर्ष देखि ७५ बर्ष मुनिका जेष्ठ सदस्यहरुलाई तिर्थातन भ्रमनमा लाने गरेको छ भने ७५ बर्ष माथिका जेष्ठ सदस्यहरुलाई मातातिर्थ औँसी र कुशे औशीको अवसरमा सम्मान गर्दै आएको छ ।
सम्मान कार्यक्रममा ७५ बर्ष माथिका ६० जना लाई कार्यक्रममा र अशत्त १० जना लाई घरमानै पु¥याएर जम्मा ७० जना बृद्ध आमाहरुलाई ब्लाङकेट, खाद्यान्न, सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहाल ज्यूले संस्थाले सदस्य केन्द्रित भएर बिभिन्न सेवाहरु प्रदान गर्दै आएको हुदाँ सम्पुर्ण सेवाहरु स्मार्ट बैङक्ङि, ए.टि.एम. सेवा, योगदानमा आधारीत राहत योजना, खुत्रुके लगाएतमा सहभागी हुन आग्रह गर्नु भएको थियो । कार्यक्रम संस्थाको महिला बिकास उप समितको संयोजकत्वमा सम्पन्न भएको थियो ।