सहकारी कर्मचारी क्षमता अभिबृद्धि तालिम

सहकारी कर्मचारी क्षमता अभिबृद्धि तालिम

मिति ः २०८० जेष्ठ २७ गते शनिबार यस संस्थाका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ शिक्षा तथा समाज कल्याण उप समिति को संयोजकत्वमा एक दिने सहकारी कर्मचारी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्युको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा संस्थाका सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो भने संस्थाका सचिब श्री बुद्धरत्न मानन्धरज्यु, शिक्षा तथा समाज कल्याण उप समिति संयोजक श्री पुर्ण पोटे ज्यु, संचालक समिति सदस्य श्री सुरेन्द्र प्रजापती ज्युको उपस्थीती रहेको थियो । बर्तमान समयमा सहकारी कर्मचारीको भुमिकाको बिषयमा प्रस्तुत तालिमको सहजिकरण राष्ट्रिय सहकारी बैङ्कका तालिम बिभागका अधिकृत श्री बल्लभ तिमल्सीना ज्युले गर्नुभएको थियो ।