निःशुल्क_श्वाश्थ्य_शिविर_सम्पन्न
2025-05-22
बनेपा वडा नं. ०४यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत मिति २०८२/०२/०८ बनेपा वडा नं. ०४ नाला सेवा केन्द्र भवनमा नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरिएको छ । यस संस्थाको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्रविधिक सहयोगमा संचालीत सो कार्यक्रममा १३९ जना स्थानिय व्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा आँखा जाँच गराएका व्यक्तिहरुलाई आवश्यकता अनुसार चस्मा तथा औषधि निःशुल्क रुपमा बितरण गरिएको थियो । आँखा जाँच गराएका मध्यमा ७ जनाको मोतिबिन्दु सम्बन्धि समस्या देखिएको थियो भने ४ जनालाई Pterygium को समस्या देखिएको थियो । मोटिबिन्दु का समस्या देखिएका व्यक्तिहरुको निःशुल्क शल्यक्रियाका लागि आँखा अस्पटालमा सिफारिस गरिएको छ । आखाँ सम्बन्धि मानिसमा देखिने समस्याको समयमा नै पहिचान तथा उपचार गर्ने उद्धेश्यका साथ सो कार्यक्रम संचालन भएको हो ।