जेष्ठ नागरिक ( पिता ) सम्मान कार्यक्रम
2022-08-26
Banepa - 8, Kolatole Lachhyashwor Bhajangharचण्डेश्वरी जेष्ठ सदस्य (पिता) सम्मान कार्यक्रम सम्पन्न ः यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक कार्यक्रम अन्र्तगत यस संस्थाका अध्यक्ष श्री बिकास बादे ज्यु को अध्यक्ष्यतामा कुशे औशि को अवसरमा आज २०७९ भाद्र १० गते, ७५ बर्ष नाघेका जेष्ठ पुरुष सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको छ । बनेपा नगरपालिकाका प्रमुख श्री शान्ति रत्न शाक्य ज्यूको प्रमुख अतिथ्यतामा बनेपा वडा नं. ८, कोलाँटोल स्थीत लक्ष्यश्वर भजन घरमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ७५ बर्ष नाघेका जम्मा ५६ जना जेष्ठ पुरुष सदस्यको सहभागिता रहेको थियो । चण्डेश्वरीको साहारा स्वरुप कार्यक्रममा उपस्थीत जेष्ठ सदस्यहरुलाई संस्थाका अध्यक्ष श्री बिकास बादे ज्यू र सल्लाहकार श्री बाल भक्त प्रधान ज्यू मार्फट टेक्ले लौरो र सम्मान पत्र प्रदान गरिएको थियो ।