Message From

Message From Chairperson

नबिन भक्त बादे श्रेष्ठ

Dear valuable members,

I am pleased on behalf of the Members of Board of Directors of Chandeshwori Saving & Credit Co-operative Society Ltd. to welcome you to its website. Chandeshwori Saccos is a well-established Community based Co-operative with a remarkable business track record that expands over 3 decades. Chandeshwori Saccos was establish in 2047 B.S. Since the very first day of its operation , Chandeshwori Saccos has gained a distinguished reputation for being a responsible Co-operative service provider to its members that adheres to the highest regulatory and community  standards with an unquestionable honesty and integrity. Sound member service must be built on the foundation of fidelity, trust and reliability, and these are our core values that govern our dealings with all our valuable members.

We seize this opportunity to thank our member for their continuous support & blessing.

 

Thank You,

 

Nabin Bhakta Bade Shrestha

Chairman

Chandeshwori Saccos.


Message From Chief Manager

रबिन्द्र भक्त पोटे

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. वि.सं. २०४७ साल असार २ गते बनेपाका स्थानीय व्यक्तित्व स्व. ज्योति प्रकाश सैजुको अगुवाइमा यस क्षेत्रका स्थानीय समुदायले बचत गर्ने र त्यही बचतबाट सङ्कलित रकमलाई आर्थिक उपार्जको प्रयोजनार्थ संस्थामा आवद्ध व्यक्तिहरूलाइनै ऋण लगानी गर्ने अभिप्रयले स्थापित भएको संस्था हो । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा दर्ता कार्यालय गरेको यो संस्था जिल्लाकै पुरानो र स्थापित संस्था हो । समुदायमा छरिएर रहेको सानो सानो पुँजीलाई एकीकृत गरी ठूलो पूँजी निर्माण गरि सदस्यहरुलाई समृद्ध र आत्म निर्भर बनाउनु यस संस्थाको एक मात्र उद्देश्य रहेको छ।

विश्वमा देखिएको गरिबीको समस्या र आर्थिक पछौटेपनबाट मुक्तिका लागि अधिकांश सफल मुकुलकहरूले तीन खम्बे अर्थनीति अपनाएका छन् । जसमध्ये एक खम्बाको रूपमा सहकारी रहेको छ । नेपाल पनि गरिबी र आर्थिक दरिद्रताको समस्याबाट गुज्रिरहेको अवस्थामा आर्थिक सुदृढीकरण र गरिबी न्यूनीकरणका लागि सहकारीको अवधारणबाट अगाडि बढ्नु उपयुक्त देखिन्छ । फल स्वरुप नेपालको संविधान २०७२ ले अर्थतन्त्रका तिन आधारस्तम्भ मध्ये एक सहकारीलाई परिभाषित गरेको छ ।

यस संस्थाले आसपासका विपन्न र पिछडिएका वर्गहरूको आर्थिक पहुच वृद्धि गर्ने लक्ष्यका साथ बचत सङ्कलन गरी उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । यस संस्थाले हालसम्म ८००० भन्दा बढी सदस्यसँग आर्थिक कारोबार गर्न सफल भएको छ । यस संस्थाले सदस्यहको आवश्यकता र औचित्यका आधारमा विभिन्न विशेषता र शिर्षकका बचत तथा ऋणका उत्पादनहरु प्रयोगमा ल्याई सदस्यहरुलाई उपभोग गर्न दिइरहेको छ । आफ्नै सुविधासम्पन्न भवनबाट बचत तथा ऋण कारोबार गरी काभ्रेपलाञ्चोक जिल्लाभर आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई सहज र सरल तवरले सेवा सुविधा दिन आगामी दिनहरुमा कार्यक्षेत्र भित्र विभिन्न स्थानमा सेवाकेन्द्र खोल्दै जाने योजना बनाएको छ, यसको लागी नाला सेवाकेन्द्र स्थापना गरी सुरुवात गरेको छ ।

संस्थाले हाल सम्म सेयर सदस्यहरुलाई बैङ्किङ सुविधा उपलब्ध गराउन ATM service, Mobile Banking, Utility Payment, POS service, SMS service जस्ता प्रविधिमा आधारित सेवाहरु ल्याएको छ । आगामी दिनहरुमा प्रविधिमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै थप प्रविधि मैत्री बैङ्किङ सेवा ल्याउन संस्था प्रतिवद्ध रहेको छ । आर्थिक पारदर्शिता, इमानदारिता, सुशासन र सदस्यहरूलाई शीघ्र सेवा दिनु, सरोकारवालाहरूप्रति चासो र उच्च सम्मान, पूर्ण जवाफदेहिता संस्थाका प्रमुख विशेषता हुन् ।