Events

नवदुर्गा पूजा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

2083-08-01

Banepa

मिति २०८३ असोज ३० गतेका दिन चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको बनेपास्थित मुख्य कार्यालयमा नवदुर्गा (भगवती) पूजा तथा बडादशैँ २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। नवदुर्गा (भगवती) पूजा आराधनामा संस्थाका नवनिर्वाचित अध्यक्ष अधिवक्ता श्री बुद्धरत्न मानन्धर र लेखा सुपरिवेक्षण समिति संयोजक श्री रोशना राजवंशी, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, संस्थाका पूर्वअध्यक्षज्यू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विधिपूर्वक नवदुर्गा (भगवती) को पूजा आराधना गरी संस्थाको उत्तरोत्तर प्रगति, सफलता तथा समृद्धिको कामना गरिएको थियो। पूजापश्चात् आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्षज्यूले संस्थाका सम्पूर्ण सदस्यहरू, कर्मचारीहरू, शुभचिन्तकहरू तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो। अध्यक्षज्यूले यस पावन पर्वले सबैमा सुख, शान्ति, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र समृद्धि ल्याउनुका साथै संस्थाका सदस्यहरूको आर्थिक उन्नति तथा संस्थाको दिगो विकासमा थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयो। विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना