बिद्यार्थी बिषेश सहकारी शिक्षा शिविर सम्पन्न
2026-01-29
Banepaयस साकोसको बार्षिक कार्ययोजना अनुरुप आज मिति २०८२ माघ १५ गते ज्ञानकुञ्ज शैक्षिक प्रतिस्थानमा कक्षा ११ र १२ मा बिभिन्न संकायमा अध्ययनरत बिद्यार्थिहरुलाई बित्तिय साक्षरताको उद्धेश्व स्वरुप सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । शिक्षा तथा समाज कल्याण उप समतिका संयोजक बद्रिनाथ बादेज्यूको संयोजकत्वमा सो शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन उप समिति सदस्य रिता बादे श्रेष्ठज्यूले गर्नु भएको थियो भने बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठज्यूले स्वागत मन्तव्य दिनुभएको थियो । संयोजक बद्रि नाथ बादेज्यूले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो भने बिद्यार्थी भाईबहिनिहरुका लागी बचत, ऋण, बजेट, बित्तिय लक्ष्य आदि बिभिन्न बिषयमा बिस्तृत रुपमा ज्ञान तथा प्रस्तुतीकरण संस्थाका सल्लाहकार इन्द्र नारायण भैलज्युले दिनु भएको थियो । बिद्यालयका सह प्राचार्य नवराज दाहालज्युले बिद्यार्थीको पाठ्यक्रममा पनि रहेको बित्तिय साक्षारता बिषयमा दिईएको आजको शिक्षाले बिद्यार्थीलाई प्रारम्भिक समयदेखी बित्तको महत्व र प्रयोग बारेमा जानकारी दिएको र कार्यक्रम उपलब्धी मुलक रहेको बताउँदै चण्डेश्वरी साकोसलाई धन्यबाद दिनुभयो । अन्तमा कार्यक्रम संयोजक मार्फत सम्पुर्ण बिद्यार्थी तथा बिद्यालय प्रशासनलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा ११ र १२ कक्षामा अध्ययनरत जम्मा १२१ जना बिद्यार्थीहरु सहभागी रहेका थिय ।
English
Nepali
