Events

योगदानमा_आधारित_सदस्य_सुरक्षा_योजना_अन्र्तगत_राहत_रकम_वितरण

2023-06-27

संस्थाको भवन

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति २०८० असार ११ गते संस्थाको भवनमा छोटो औपचारिक कार्यक्रम मार्फत संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यूको उपस्थीतिमा संस्थाका प्रमुख सल्लाहकार श्री बिकास बादे ज्यु मार्फत राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ८, निवासी लक्ष्मी श्रेष्ठ सदस्यता नं। ००१००६८११ को असामयिक निधन भएकोमा मृत्यु राहत बापत दिवंगत सदस्यको हकवाला श्री देव दास श्रेष्ठलाई रु ३०,०००।– राहत रकम प्रदान गरिएको छ । त्यस्तै धुलिखेल ९, निवासी शेयर सदस्य राजेन्द्र खत्री सदस्यता नं। ००१००८९०७ को असामयिक निधन भएकोमा मृत्यु राहत बापत दिवंगत सदस्यको हकवाला श्री शोभा खत्री लाई रु ३०,०००।– राहत रकम प्रदान गरिएको छ । त्यस्तै मिति २०८० असार १३ गते संस्थाको भवनमा संस्थाका प्र.का.अ. श्री झलेन्द्र प्रसाद दाहालज्यु मार्फत बनेपा वडा नं. ९, काभ्रे निवासी सदस्यता नं। ००१००६९१८ श्री यशोदा भट्टराई लाई प्रसुती पौष्टिक आहार राहत अन्र्तगत रु २,५००।– राहत रकम प्रदान गरिएको छ । । संस्था उहाँहरुको स्वस्थ तथा सुरक्षित भबिष्य कामना गर्नुका साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।