संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम
2026-06-16
Banepaसंस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा आयोजीत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोस ३६ आँै बसन्त पार गर्दै ३७ आँै बर्षमा लागेको अवसरमा शुभकामना आदान प्रदान गर्दै चण्डेश्वरी साकोसको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि बनेपाको प्रविधिक सहयोगमा बनेपा ५ वकुटोलमा असार २ गते मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २७ जना रक्तदाताहरु उपस्थीत रहेकोमा ७ जनाको बिविध स्वास्थ्य स्थीतिका कारण रक्तदान गर्न नमिलेको तथा २० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको छ । चण्डेश्वरी साकोस सम्पुर्ण रक्तदाताहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दै ३७ आँै स्थापना दिवसको अवसरमा सम्पुर्ण सदस्यज्यूहरु प्रति हार्दिक शुभकामना व्यक्त गर्दछ ।
English
Nepali
