१५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम समापन
2023-04-04
बनेपा 9#१५_दिने_तालिम_कार्यक्रमको_समापन चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को आयोजनामा सदस्यहरुलाई उद्यमशिल बनाउने उद्देश्यले १५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम सम्पन्न भएको छ । यही मिति २०७९ चैत्र ५ गते देखि सञ्चालन भएको तालिममा १९ जना महिला सेयर सदस्यहरुले तालिममा सहभागि हुनु भएको थियो । १५ दिने तालिमको सहजिकरण प्रशिक्षक रिता कर्मचार्य ज्यूले गर्नु भएको थियो । संस्थाका अध्यक्ष नविन भक्त बादे ज्यूको अध्यक्षता र बनेपा नगरपालिका वडा नंंंं। ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धर ज्युको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा संस्थाका सह सचित तथा महिला बिकास उप समिति संयोजक रोशना राजबंशी ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । महिला बिकास उप समितिको संयोजनमा शिक्षा तथा तालिमका माध्यमबाट सेयर सदस्यहरुलाई उद्यमशिलतामा जोडि सदस्यहरुको आर्थिक शशक्तिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम भएको थियो । चैत्र ५ गते देखि सञ्चालन भएको तालिमको समापन मिति २०७९ चैत्र २१ गते भएको थियो ।