एक्सेस ब्रान्ड सेलिब्रेसन कार्यक्रम
यस चन्देश्वरि बचत तथा ऋण सहकारी सस्था लि बनेपा को एक्सेस ब्रान्ड सेलिब्रेसन कार्यक्रम हिजो मिति २०७९ माघ ७ गते सनिवार छोटो औपचारिक कार्यक्रम मार्फत सम्पन्न भएको छ । कार्यक्रम को अध्यक्षता सस्था का अध्यक्ष श्री नवीन भक्त बादे श्रेष्ठ ले गर्नुभएको थियो भने बनेपा नगरपालिका को प्रमुख श्री शान्ती रत्न शाक्य ज्यु को प्रमुख आतिथ्यता मा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न बिशिस्ट ब्यक्तित्व ज्यु हरु को उपस्थिति रहेको थियो । सस्था का प्रमुख कार्यकारी आधिकृत श्री झलेन्द्र दाहाल ले सस्था को परिचय, बित्तिय स्थिति तथा हाल को गतिविधि हरु बारे प्रस्तुति दिनु भएको थियो । कार्यक्रम को सहजिकरन सस्था का सचिब श्री बुधरत्न मानन्धर ले गर्नु भएको थियो । सो कार्यक्रम का केही झलक हरु :-
English
Nepali
