बित्तीय साक्षरता तालिम कार्यक्रम बनेपा १३ भैँसीपाटि
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को शेयर सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत सदस्यहरु तथा समुदायको आर्थिक शसक्तिकरण गर्ने उदेश्य का साथ मिति २०७९।११।१९ गते शुत्रबार बनेपा १३ भैँसीपाटि स्थित बनेपा १३ वडा कार्यालय भवन मा शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री पुर्ण पोटे ज्यूको संयोजकत्वमा बित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम को संचालन शिक्षा तथा समाज कल्याण उप समिति का सदस्य कृश्नेस्वोरी बैध्य ले गर्नु भएको थियो भने संस्था का प्रमुख सल्लाहकार श्री बिकास बादे ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियोे । सस्था का प्र।का।अ। झलेन्द्र दाहाल ज्यु बाट बित्तीय ज्ञान सम्बन्धि बिशेष प्रस्तुति मार्फत कार्यक्रम संचालन गरियेको थियो भने बचत तथा प्रबद्धन विभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ मार्फत संस्थाको परिचय, सेवा, प्रबिधि, बर्तमान गरिविधि बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा ४१ जनाले सहभागिता जनाउनु भएको थियो । सो कार्यक्रमका केहि झलकहरु ।