मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम

मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को आयोजनामा सदस्यहरुलाई उद्यमशिल बनाउने उद्देश्यले १५ दिने मखमलको जुुत्ता चप्पल बनाउने निशुल्क तालिम सम्पन्न भएको छ । यही मिति २०७९ चैत्र ५ गते देखि सञ्चालन भएको तालिममा १९ जना महिला सेयर सदस्यहरुले तालिममा सहभागि हुनु भएको थियो । १५ दिने तालिमको सहजिकरण प्रशिक्षक रिता कर्मचार्य ज्यूले गर्नु भएको थियो । संस्थाका अध्यक्ष नविन भक्त बादे ज्यूको अध्यक्षता र बनेपा नगरपालिका वडा नंंंं। ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धर ज्युको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा संस्थाका सह सचित तथा महिला बिकास उप समिति संयोजक रोशना राजबंशी ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । महिला बिकास उप समितिको संयोजनमा शिक्षा तथा तालिमका माध्यमबाट सेयर सदस्यहरुलाई उद्यमशिलतामा जोडि सदस्यहरुको आर्थिक शशक्तिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम भएको थियो । चैत्र ५ गते देखि सञ्चालन भएको तालिमको समापन मिति २०७९ चैत्र २१ गते भएको थियो ।